अहिलेसम्मकै भव्य हुने कतार विश्वकपको उदघाटन समारोह

काठमाडाैं | मंसिर ४, २०७९

अहिलेसम्मकै भव्य हुने कतार विश्वकपको उदघाटन समारोह

काठमाडौं:  आइतबार साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ ।


आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक प्रमुख विशेषता रहँदै आएको छ । कतारले पनि यस्तै कार्यक्रमका साथ विश्वकपको सुरुवात अहिलेसम्मकै भव्य बनाउने अपेक्षा छ ।


फिफा विश्वकपको उद्घाटन समारोह कतारको स्थानीय समयअनुसार साँझ पाँच बजे (नेपाली समयअनुसार राती पौने ८ बने) देखि सुरु हुनेछ । कतार र इक्वेडरबीचको उदघाटन खेल कतारी समयअनुसार साँझ ७ बजे (नेपाली समयअनुसार राती पौने १० बजे)देखि सुरु हुनेछ ।


पहिलोपल्ट एसियाको मध्यपूर्णमा हुन लागेको ऐतिहासिक फिफा विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्ने एकजना सुपरस्टार निश्चित भइसकेको छ । उनी हुन्, विश्वविख्यात ब्राण्ड बीटीएसका गायक जंगकुक । दक्षिण कोरियाको केपप ब्याई ब्राण्ड बीटीएस विश्वभर सर्बाधिक फ्यान फलोइङ भएको ब्याण्ड हो । जंगकुक ब्याण्डका सबैभन्दा लोकप्रिय सदस्य हुन् ।


‘गर्वका साथ घोषणा गर्दैछौं कि जंगकुक फिफा विश्वकप कतार २०२२ को सदस्य बन्दैन् । उनले उद्घाटन समारोहमा प्रस्तुति दिनेछन्,’ बीटीएसको आधिकारिक ट्वीटर एकाउण्टबाट १२ नोभेम्बरमा पोष्ट भएको थियो ।


उद्घाटन समारोहमा ३० मिनेटको विशेष कार्यक्रममा थुप्रै ‘सरप्राइज्ड’ हुनेछ । जंगकुकले कतारी गायक फहद अल कुबैसीसँग मिलेर फिफाको आधिकारिक गीत ‘ड्रिमर्स’को प्रस्तुति दिनेछन् ।


कतारले यो विश्वकपको उद्घाटन कार्यक्रमको विषय सम्पूर्ण मानव जगतको मिलनः मानवता, सम्मान र समावेशीतामार्फत भिन्नता न्यूनीकरण हो ।


‘कार्यक्रमको सात–कार्यको नेतृत्व विश्वस्तरका प्रतिभाले गर्नेछन् । विश्वव्यापी संस्कृतिका साथ कतारी परम्परा जोडेर सहभागी ३२ देशलाई सम्मान गरिनेछ,’ फिफाले भनेको छ ।


फिफा विश्वकपको उद्घाटन कार्यक्रम नेपालमा हिमालय टेलिभिजन र हिमालय प्रिमियम टेलिभिजनफे प्रत्यक्ष प्रशारण गर्नेछ । विश्वकपको उद्घाटन हेर्न दर्शकले शुल्क तिर्नु पर्दैन । सोमबारदेखि सुरु हुने खेलका लागि भने शुल्क तिर्नुपर्नेछ । करिव एक महिनासम्म चल्ने विश्वकपको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय प्रिमियम एचडी टेलिभिजनले गर्नेछ ।

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्