जनताको सेवा गर्न भरिया बनेर आएको छु:  एमाले उम्मेदवार गुरुङ

पाेखरा | कात्तिक २७, २०७९

जनताको सेवा गर्न भरिया बनेर आएको छु:  एमाले उम्मेदवार गुरुङ

पोखरा: गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ (ख) बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको भन्दै आफुलाई जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन् ।


 उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने उल्लेख गरे । शनिवार घरदैलोमा पुगेका श्यामले आफूले जित्दा किसान, मजदुर, महिला, वृद्धवृद्धा, बालबालिका र सबै तप्काका नागरिकहरूको अनुहारमा खुसी ल्याउने उनको भनाई छ ।


उनले गण्डकीमा पनि पृथ्वी सुव्बा नेतृत्वका सरकारले ३ वर्षमा जनताको पक्षमा र संघीयतालाई बलियो बनाउने आधार निर्माण गरेपनि गठबन्धन नेतृत्वले जनताको पक्षमा काम गर्न नसकेको बताए । ‘गठबन्धन सरकारले २ वटा बजेट ल्यायो । तर, अहिलेसम्म जनताले अनुभूति गर्न सक्ने कुनै पनि काम गर्न सकेको छैन । उल्टो हिजो एमाले नेतृत्वले सुरु गरेका कामका व्याज खाएको छ,’ उनले भने, ‘सरकार भनेको जनताको पक्षमा काम गर्न बन्छ । तर, यो सरकार कार्यकर्तालाई जागिर दिने र सत्तामा कसरी टिक्ने भन्दा अरु ध्यान छैन ।’


आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले चुनावको मैदानमा आएको गुरुङको भनाई छ । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ गुरुङले भने । ०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष समेत रहेका गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम पूरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए । ‘अवको बाटो भनेकै विकास र समृद्धिको हो ।’


तपाईहरुको मतको खेर जान दिने छैन । अब विकास र समृद्धितर्फ प्रदेशलाई अगाडि बढाउने मेरो उद्देश्य हो,’ उनले भने । निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनको भनाई छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वग्रह राख्दिनँ,’ उनले भने, ‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो ।’


उनले आफूले गाउँपालिका अध्यक्ष हुँदा कास्कीमा नमुना गाउँपालिकाको रुपमा मादीलाई पु¥याएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘मुलुकको विकास कसले गर्न सक्छन् र त्यसैलाई मतदाताले पहिचान गर्नुपर्छ,’ उनले भने । उनले एमाले बाहेकका अरु दलको सिङगल सरकार बन्ने सम्भावना नरहेको उनले बताए । ‘कांग्रेसले गठबन्धनबाट प्रत्यक्षमा करिब ८५ सिट भन्दा पाएको छैन । माओवादीको त्यही ४५÷४६ कति हो । अरु दलको कुरा नगरौं । यसरी गठबन्धनबाट कसैको बहुमतको सरकार बन्ने सम्भावना झिनो आश पनि छैन,’ उनले भने, ‘बहुमतको सरकार बनाउने भनेको एमाले बाहेक अरु दलको सम्भवना छैन । यसैले एमालेलाई भोट दिएर स्थायी सरकार बनाउन तपार्ईंहरुले समानुपातिक र प्रत्यक्षमा भोट दिनुस् ।’


उनले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताएका छन् । शनिवार मादी ५ को घरदैलो कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने झुटा दिँदै आएकाले आफूले त्यो नगर्ने बताए । ‘म जे बोल्छु त्यो गर्छु । जे सक्छु त्यो गर्छु । उनले भने, ‘केही उम्मेदवारले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन् ।’


बहुमतको सरकारले मात्र नेपालमा काम गर्न सक्ने श्यामले बताए । उनले आफूलाई देखाएको माया र विश्वासको सम्मान गर्ने बताए । ‘जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन गुरुङले भने, ‘शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ।’
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्