आर्बाको विकासमा लागि पर्नेछु : गुरुङ

पाेखरा | कात्तिक २२, २०७९

आर्बाको विकासमा लागि पर्नेछु :  गुरुङ

 

पोखरा ।  बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा महानगरपालिका–१३ मा पर्ने उक्त ठाउँ खानेपानी र कच्ची बाटोको समस्या देखिन्छ । कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 


‘अबको पाँच वर्ष आर्वाको विकासको लागि मलाई जिम्मा दिनुहोस् । गुणस्तरीय शिक्षा, खानेपानी, पूर्वाधारमा विकास गर्नेछु,’ उनले भने, ‘म यहाँ तपाईसामु प्रतिबद्धता सुनाउन भन्दा पनि आर्शिवाद लिन आएको हुँ । झुटो आश्वासन दिन्न । जिताउनुहोस् धोका पनि दिन्न ।’ मंसिर ४ को निर्वाचन पछि आर्वाको मुहार फेरिने उनले सुनाए । ‘यहाँको बुथबाट एमाले छैन भन्ने अनुभुति दिलाइदिनुहोला । त्यसपछि समस्या समाधान र विकास तर्फ लाग्नेछु,’ उनले भने, ‘आर्बाको समस्या मलाई प्रस्टसँग थाहा छ । मलाई मत दिएर उदाहरणीय काम गर्न दिनुहुनेछ भन्ने विश्वास लिएको छुँ ।’ उनले खानेपानीको समस्यालाई स्थानीय सरकारसँग समन्वय गरेर निकास दिने बताए । 


पाँच दलका साझा उम्मेदवार गुरुङले आर्वावासीको आधारभूत आवश्यकता पूरा गर्न सधै अग्रसर भएर लाग्ने घोषणा गरे । ‘निर्वाचन लगत्तै यहाँका वासिन्दाहरुलाई सेतो लालपूर्जा वितरण गरिनेछ । सबै प्रक्रिया पूरा भइसकेको छ । निर्वाचनपछि यसलाई वितरण गरिनेछ,’ उनले भने, ‘पूर्जाको समस्यालाई समस्याको रुपमा नलिनुहोला । पूर्जा पाउनुहुनेछ, ढुक्क हुनुहोस् ।’


उनले देश विकास र संविधान जोगाउन सबै दल मिलेर आएको बताए । देशको ठूलो शक्ति गठबन्धन रहेको हुँदा संविधान रक्षा र समुन्नतको बाटोमा देशलाई लैजाने बताए । 
 

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।    आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको...

थप पढ्नुहोस्