१५ हजार मतान्तरले चुनाव जित्छु: मन्त्री पौडेल

बाग्लुङ | कात्तिक २२, २०७९

१५ हजार मतान्तरले चुनाव जित्छु: मन्त्री पौडेल

 

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गर्नुभएको छ । आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताउनुभयो । 


प्रतिगमनकारीहरु लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उहाँले उनीहरु संविधान विरोधी भएको समेत बताउनुभयो । 


बागलुङ क्षेत्र नम्बर २ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका मन्त्री पौडेलले भन्नुभयो, “पाँच दल एकै ठाउँमा नआएको भए प्रतिगामीहरुले मुलुकलाई अँध्यारो सुरुङभित्र हालिसक्थे ।”


पाँचदलीय गठबन्धन चुनावका लागि मात्र नभइ लोकतन्त्र र संविधान रक्षाका लागि बनेको हो उहाँको भनाइ छ । अघिल्लो कार्यकालमा सुरु गरेका योजना पूरा गर्न र यस क्षेत्रको मुहार फेर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिनुपरेको मन्त्री पौडेलले जिकिर गर्नुभयो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्