पोखरामा ३६ हजार बढी मत गन्दा रुखलाई ११ र कलमलाई २६ भोट !

काठमाडाैं | जेठ ४, २०७९

पोखरामा ३६ हजार बढी मत गन्दा रुखलाई ११ र कलमलाई २६  भोट !

पोखराः पोखरा महानगरपालिकाको मेयरतर्फ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार मैदानमा छन् । त्यस्तै, उपमेयरमा एमाले र कांग्रेसका प्रतिष्पर्धीको रोचक भीडन्त जारी छ । 

 

यसैबीच, ३६ हजार ८१३ मत गणना भइसक्दा समाजवादीका धनराज आचार्यले १५ हजार २८८ र एमालेका कृष्ण थापाले १३ हजार ३२९ मत प्राप्त गरेका छन् । 

 

गठबन्धनमार्फत उम्मेदवारी पाएको समाजवादीको उपमेयरमा उम्मेदवार छैन तर उसले हालसम्म २६ मत पाएको छ । यसैगरी, मेयरमा उम्मेदवार नभएको कांग्रेसले रुखमा ११ मत पाएको छ । 

 

उम्मेदवार नै नभएपछि उक्त चिन्हहरुमा खसेको मतको कुनै अर्थ छैन ।  महानगरभित्रको अझै १ लाख ६ हजार ४१३ मत गन्न बाँकी छ । यही अनुुपातमा रुख र कलममा मत जाने हो भने अन्तीम गणनासम्म मेयर र उपमेयरलाई असर नपार्ला भन्न सकिँदैन । 

 

गठबन्धनले मतदाता शिक्षामा ध्यान दिन नसकेको हो वा मतदाताले आफ्नै पार्टी वा चुनाव चिन्ह छोड्न नसकेको हो यसबारे स्वयं मतदाता नै जानकार छन् । 

 

अझ रोचक त भुँइकटहरले पनि २ मत पाएको छ । जसका उम्मेदवारले अन्तीम घडीमा उम्मेदवारी फिर्ता लिएका थिए । 
 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्