लुम्बिनीकै पहिलो गाउँपालिका महिला प्रमुख बनिन् ‘चिदीमगर’

पाल्पा | जेठ ४, २०७९

लुम्बिनीकै पहिलो गाउँपालिका महिला प्रमुख बनिन् ‘चिदीमगर’

पाल्पा:   नेपाल कम्युनिष्ट पार्टी एमालेबाट पाल्पाको बगनासकाली गाउँपालिकाको प्रमुखमा निर्वाचित हुदै सरस्वती चिदी दर्लामीमगर लुम्बिनी प्रदेशकै पहिलो गाउँपालिका महिला प्रमुख बनेकी छिन् । निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिता अधिकारीलाई ८ सय ३३ मतान्तरले पराजित गर्दै चिदीमगर गाउँपालिका प्रमुख बनेकी हुन् ।

 

उनले कुल ६ हजार ४ सय ६६ मत प्राप्त गरिन् । भने निकटतम प्रतिद्वन्दी अधिकारीले ५ हजार ६ सय ३३ मत पाइन् ।

 

यसैगरि गाउँपालिका उपप्रमुखमा सोही पार्टीकै हरि पाठक ५ हजार ८ सय ७३ मत प्राप्त गर्दै  विजयी भए । पाठकका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) लाई १ हजार ९५ मतान्तरले हराए ।

 

पराजित बनेका पाण्डेयले कुल ४ हजार ७ सय ७८ मत पाएका थिए ।

 

उक्त गाउँपालिकाको ९ वडा मध्ये वडा नम्बर २, ३, ४, ५, ७ र ८ मा नेकपा एमालेका उम्मेदजार निर्वाचित भएका छन् भने १, ६, र ९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।  लुम्बिनी प्रदेशकै गाउँपालिकाहरु मध्ये पहिलो महिला प्रमुख बनेकी चिदीमगर २०७४ साल भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्