पोखरामा ३६ हजार बढी मत गन्दा रुखलाई ११ र कलमलाई २६ भोट !

काठमाडाैं | जेठ ४, २०७९

पोखरामा ३६ हजार बढी मत गन्दा रुखलाई ११ र कलमलाई २६  भोट !

पोखराः पोखरा महानगरपालिकाको मेयरतर्फ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार मैदानमा छन् । त्यस्तै, उपमेयरमा एमाले र कांग्रेसका प्रतिष्पर्धीको रोचक भीडन्त जारी छ । 

 

यसैबीच, ३६ हजार ८१३ मत गणना भइसक्दा समाजवादीका धनराज आचार्यले १५ हजार २८८ र एमालेका कृष्ण थापाले १३ हजार ३२९ मत प्राप्त गरेका छन् । 

 

गठबन्धनमार्फत उम्मेदवारी पाएको समाजवादीको उपमेयरमा उम्मेदवार छैन तर उसले हालसम्म २६ मत पाएको छ । यसैगरी, मेयरमा उम्मेदवार नभएको कांग्रेसले रुखमा ११ मत पाएको छ । 

 

उम्मेदवार नै नभएपछि उक्त चिन्हहरुमा खसेको मतको कुनै अर्थ छैन ।  महानगरभित्रको अझै १ लाख ६ हजार ४१३ मत गन्न बाँकी छ । यही अनुुपातमा रुख र कलममा मत जाने हो भने अन्तीम गणनासम्म मेयर र उपमेयरलाई असर नपार्ला भन्न सकिँदैन । 

 

गठबन्धनले मतदाता शिक्षामा ध्यान दिन नसकेको हो वा मतदाताले आफ्नै पार्टी वा चुनाव चिन्ह छोड्न नसकेको हो यसबारे स्वयं मतदाता नै जानकार छन् । 

 

अझ रोचक त भुँइकटहरले पनि २ मत पाएको छ । जसका उम्मेदवारले अन्तीम घडीमा उम्मेदवारी फिर्ता लिएका थिए । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्