कास्की क्षेत्र नम्वर ३ मा एमालेको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन

काठमाडाैं | कात्तिक २, २०७९

कास्की क्षेत्र नम्वर ३ मा एमालेको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन

 

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्वर ३ मा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सम्पर्क कार्यालयको बुधवार उद्घाटन गरिएको छ ।


कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेका पोलिव्युरो सदस्य एवं पुर्व खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको सिङ्गो राष्ट्र निर्माण र विकासको अभियानमा लाग्ने पाटी एमाले भएकोले  मङसिर ४ गते हुने निर्वाचनमा सुर्य ध्वजावाहाक उम्मेदवारहरूलाई जिताउनुपर्ने जोड दिएका छन् । 


उनले सडकमा बाजा गाजासहित नारा जुलुस लगाएर मात्र हैन मतदाताका घरआँगनमा पुगि पाटीले गरेका विकास निर्माणका कामको बारेमा जानकारी गराउँदै पाटीका भावी एजेन्डा बोकेर मत माग्नु पर्ने बताएका छन् ।


कार्यक्रममा नेकपा एमाले पालिटब्यूरो सदस्य सीता गिरी ओलीले जनताका घरघरमा पुगेर समस्या समाधानतर्पm लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् । 


कायृक्रममा पार्टीको केन्द्रिय सदस्य समेत रहेका कास्की इन्चार्ज कृष्ण थापा, कास्की ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दामोदर पौडेल बैरागी, कास्की निर्वाचन क्षेत्र न ३ (क) प्रत्यासी उम्मेदवार गणेशमान गुरूङ, त्यसै गरी ३ (ख) का प्रत्यासी उम्मेदवार राजिव पहारी लगायतले बोलेका थिए ।
 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...

थप पढ्नुहोस्

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्