मादी १ का वडासदस्य गुरुङसहित ४ जना पाइप चोरी आरोपमा पक्राउ
काठमाडाैं | असोज ९, २०७९
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई सरकारी आयोजना अन्तर्गत ‘थाक खानेपानी आयोजना’ को पाइप चोरी आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मादी गाउँपालिका १ का वडा सदस्य खरजङ गुरुङसहित अन्य ३ जना रहेका छन् । पक्राउ परेका वडा सदस्य खरजङ गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
यसैगरि वडा सदस्य खरजङ गुरुङसँगै मादी ७ थाकका ३५ वर्षिय रमेश गुरुङ, सोही स्थानकै २६ वर्षिय निरज तामाङ, र लम्जुङको मध्यनेपाल नगरपालिका ८ स्थायी घर भई हाल पोखरा १३ कसेरी बस्ने २३ वर्षिय सुनिल परियार (रिदम) रहेका छन् ।
उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरि मादी गाउँपालिका ५ तर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
उनका अनुसार हाल उनीहरुलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

