‘एनएमबीको एटिएममा साढे १२ फिटकाे खुकुरी हानेका थिए 'कुमाल'

पाेखरा | असोज ४, २०७९

‘एनएमबीको एटिएममा साढे १२ फिटकाे खुकुरी हानेका थिए 'कुमाल'

कास्की:  पोखरा महानगरपालिका ६ लेकसाइडस्थित एनएमबी बैकको एटिएम मेशिन तोडफोड गर्ने १ जनालाई कास्की  प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ घर भई हाल पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने वर्ष २५ वर्षिय मनोज कुमाल रहेका छन् ।

 

पक्राउ परेका कुमालले आज बिहानै करिब ४ बजे खुकुरी प्रयोग गरी तोडफोड गरी नगद चोरी गर्न प्रयास गरेका थिए ।

 

सोही सुचनाको आधारमा कास्की प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले बताए ।

 

उनका अनुसार पक्राउ परेका कुमालको साथबाट साढे १२ फिट लामो फलामको खुकुरी बरामद गरिएको छ । ‘हामीले नियन्त्रणमा लिएका छाैं । कुमालले साढे १२ फिटको खुकुरी प्रयोग गरिएको पाइएको छ,इन्सपेक्टर खड्काले भने, 'अहिले कास्की जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दा दर्ता गरि ७ दिनको म्याद थपी आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

 

यसअघि हिजो (सोमबार) मात्रै पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको एटिएम फोड्न प्रयास गरेका पोखरा महानगरपालिका १६ बस्ने २२ वर्षिय सन्दिप बस्नेतलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।

 

यसैगरि सोही घटनामै संलग्न रहेका पोखरा १६ बस्ने १९ वर्षिय अनिश रानालाई भाग्ने क्रममा पक्राउ गरिएको थियो ।

 

उनीहरुलाई पनि  जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौँ:    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।   अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...

थप पढ्नुहोस्

पोखरा:   बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ ।  सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...

थप पढ्नुहोस्

काठमाडौं:   नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।  नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

थप पढ्नुहोस्