जग्गा ठगी आरोपमा वडा अध्यक्ष र नायब सुब्बासहित तीन जना थुनामा

काठमाडाैं | बैशाख २४, २०७९

जग्गा ठगी आरोपमा वडा अध्यक्ष र नायब सुब्बासहित तीन जना थुनामा

सङ्खुवासभा: भोटखोला गाउँपालिका– ४ का एक बृद्धाको जग्गा ठगी आरोपमा पक्राउ परेका वडा अध्यक्ष, मालपोत कार्यालयका कर्मचारी र ठगिमा संलग्न एक जनालाई विहीबार पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदातल चैनपुरले वडा अध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुली र स्थानीय सुरेन्द्र तामाङलाई कारागार पठाईएको हो ।

 

स्थानीय ६२ बर्षीया बिममाया तामाङको जग्गा जालसाजी गरि वडा अध्यक्ष भोटे, नासु पराजुली र स्थानीय तामाङले उनीहरुका नाममा पास गरेपछि बिममाया तामाङले उजुरी दिनुभएको थियो । तामाङको उजुरीको आधारमा ७ जनालाई प्रहरी पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो ।

 

पक्राउ परेका अनिस गुरुङ, निमा लाजुङ भोटे र कल्पना शेर्पा जनहि दुई लाख पचास हजार रुपियाँ धरौटी बुझाएर छुटेका छन् । त्यस्तै, पासाङ शेर्पालाई एक लाख रुपैयाँ रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतले तोके बमोजिमको धरौटी रकम जम्मा गरेपछि तारेखमा छोडिसकिएको समेत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

 

अध्यक्ष भोटेले बिममायालाई बृद्धाभत्ताको कार्ड बनाई दिने भन्दै सदरमुकाम खाँदबारी ल्याएर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि बनाएका थिए । उक्त नागरिकताको प्रतिलिपी प्रयोग गरेर मालपोत कार्यालयबाट बिममायाको जग्गा पास गरिएको थियो । बिममायाको आमा बुवाको मृत्युपछि एकल हकदार रहेको बिममायाको नाममा जग्गा पास गर्ने क्रममा कित्ता नम्बर २७५ र २८० को २७ रोपनी जग्गा उनीहरुले आफ्नो नाममा पास गरेका थिए । उक्त दिन नासु पराजुली मालपोत कार्यालयको कार्यबाहक प्रमुख थिए ।

 

उक्त जग्गा अप्पर अरुण जलविद्युत आयोजना निर्माण स्थलमा पर्छ । आयोजनाबाट जग्गाले मुआब्जा पाउने भएपछि जनप्रतिनिधी, कर्मचारी र आफन्त पर्ने तामाङको मिलेमतो गरि ठगि गरेका हुन् । उक्त जग्गा ‘गिरोह’हरुको नाममा गईसकेपछि मात्र बिममायाले थाहा पाएपछि प्रहरीमा उजुरी दिनुभएको थियो ।

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्