उत्पीडित र दलितको साथ नेकपा एमालेलाईः सुनार

काठमाडाैं | बैशाख २४, २०७९

उत्पीडित र दलितको साथ नेकपा एमालेलाईः सुनार

पोखराः नेपाल मुक्ति जातिय उत्पीडित समाजका केन्द्रीय सदस्य किसान सुनारले स्थानीय तहको निर्वाचनमा समाजको साथ नेकपा एमालेलाई रहेको बताएका छन् । 

 

एमाले पोखरा १५ ले वडामा रहेका दलित तथा बिपन्न वर्गलाई निर्वाचनमा समेट्न तथा मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सुनारले उक्त धारणा राखेका हुन् ।  

 

कार्यक्रममा केन्द्रिय सदस्य किसान सुनारले जसले एउटा व्यक्तिलाई पाउदेखि शिरसम्म चप्पल जुत्ता र लुगा सिलाइदिएर लाज ढाकी सुरक्षित बनाउने काम गर्यो उही व्यक्तिलाई यो समाजले दलितको सँज्ञा दिएको आरोप लगाए। उनले नाङ्गै खुट्टा हिँड्नेलाई चप्पल बनाएर अथवा मानिसको लाज छोप्नलाई कपडा सिलाइदिएर दलित नभएको भन्दै मानिसको सोचमा परिवर्तन आउनुपर्नेमा जोड दिए।

 

दलित भएकै कारण अपहेलित गर्ने कार्य भइरहेको उल्लेख गर्दै उहिलेदेखि नै दलितलाई समय अनुसार व्याख्या गर्ने गरिएको उनले आरोप लगाए। समाजले समानरुपले स्विकार्न नसकेपनि दलितको भोट भने चल्ने गरेको बताउँदै फेरी यहि समाजले समानताको हिसाबले हेर्न नसकेको गुनासो पोखे। उनले भने – “हाम्रो आक्रोश र गुनासो यहि हो, हामीलाई समाजले समान नजरले हेरोस्।“ उनले यस प्रथाको अन्त्यका लागि नेकपा एमालेलाई भोट दिन भेलामा उपस्थितलाई आग्रह गरे।

 

यस्तै अध्यक्षका उम्मेदवार तोरण बानियाँले भोली आफूहरु निर्वाचित भएको खण्डमा पाँच जनाले मात्रै योजनाहरु पूरा गर्न नसक्ने भन्दै सबैको सहमती, सहकार्य र सहअस्तित्वको खाँचो पर्ने बताए। 

 

उनले वडा नं –१५ एउटा परिवार भएको बताउँदै परिवारमा एक जना सदस्य पनि असन्तुष्ट रहेको खण्डमा त्यो परिवार राम्रोसँग चल्न नसक्ने भन्दै यहाँका सबै जातजाती, बिभिन्न धर्ममा आस्था राख्ने व्यक्तिहरु लगायत सबै वडावासीको साझा र सभ्य नागरिक बस्ने वडा बनाउन चाहेको बताए ।

पोखरा:      गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताउनुभएको छ । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिका...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ र...

थप पढ्नुहोस्

कैलाली:     कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक ...

थप पढ्नुहोस्