गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदाको नारा र मस्कट सार्वजनिक

काठमाडाैं | बैशाख २४, २०७९

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदाको नारा र मस्कट सार्वजनिक

काठमाडौँँ: गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरेको हो ।

 

लोगोमा गण्डकी प्रदेशको र सिंगो नेपालकै प्रतिनिधित्व हुनेगरी माछापुच्छ्रे् हिमालसँगै नेपालको राष्ट्रिय झण्डा र विभिन्न रंगलाई समावेश गरिएको छ । मस्कटमा गण्डकी प्रदेशको चिनारीको रुपमा रहेको लोपोन्मुख जनावर कस्तुरी मृग रहेको छ । 

 

राखेपले नवौँ राष्ट्रिय खेलकुदको नारा समेत सार्वजनिक गरेको छ । नवौँको नारा  ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । लोगो, मस्कट र नारा खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गर्नुभएको हो । नाराको रचना सुयोग्य राज काफ्लेले गर्नुभएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र उपाध्यक्ष शिव कोइरालाले लोगो र मस्कट सार्वजनिक गर्नुभयो । 

 

लोगो डिजाइन गर्नुभएका भोलानाथले ५० हजार रुपियाँ पुरस्कार पाउनुभएको छ । मस्कट डिजाइन गरेवापत उहाँले २५ हजार रुपियाँ पनि पाउनुभयो । नारा बनाउने काफ्लेले १० हजार रुपियाँ प्राप्त गर्नुभयो । राखेपले लोगो, मस्कट र नारा छनोटका लागि राखेप बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा समिति बनाएको थियो । गण्डकी प्रदेशको ११ वटै जिल्लामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनी सहित कूल ३८ खेल समावेश गरिएको छ ।

 

जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिमन्यास्टिक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल , फुल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाईडिङ रहेको छ । ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ । 

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...

थप पढ्नुहोस्

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्