राज्यकोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्छ: गृहमन्त्री खाण
काठमाडाैं | भदौ १७, २०७९
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले राज्यकोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो“अझ विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम झन शतप्रतिशत सदुपयोग हुनुपर्छ । ”
सिंहदरबारमा आज भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले भन्नुभयो, “छुट्याएको रकम सही समयमा सदुपयोग हुन सकोस्, आर्थिक पद्धति र प्रक्रिया छ, कतिपय ठाउँमा सार्वजनिक खरिद ऐन आकर्षित हुन्छ, तसर्थ प्रचलित कानुनअनुसार खर्च हुन सकोस् ।”
मुलुकमा विपद् व्यवस्थापनका लागि एकातर्फ रकमको अभाव हुँदै आएको र भएको रकम खर्च गर्न समयमै प्रबन्ध हुन नसकेकोतर्फ इङ्कित गर्दै उहाँले थप्नुभयो, “त्यो काम गर्न सकियोस्, भन्ने चाहना सरकारको छ ।”
गृहमन्त्री खाणले यसपालिबाट जहाँ विपद् छ, त्यहीको स्थानीय पालिकालाई अगुवाइ गर्ने र माथिबाट प्राविधिक सहयोग पुर्याउने गरी कार्य अघि बढाएको जानकारी गराउँदै त्यस कार्यमा समन्वय हुन सकोस् भन्ने सरकारको धारणा रहेको बताउनुभयो । सरकारको व्यवस्थापन कोष भए पनि स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापन भइनसकेकाले अन्य निकायसँग समन्वय गर्नुपर्ने अवस्था रहेको जानकारी गराउनुभयो ।
नेपाल विपद्को उच्च जोखिममा रहे पनि प्रारम्भिक अवस्थामा त्यसको न्यूनीकरण, रोकथाम तथा क्षति भए कसरी व्यवस्थापन गर्ने भन्नेमा सबै निकायले गम्भीरतापूर्वक काम गरेको आफूले पाएको उहाँले बताउनुभयो ।
सुरक्षा निकाय तथा सम्बन्ध अधिकारीको क्रियाशीलताले उद्धारकार्य प्रभावकारी भएको आफूले पाएको पनि उहाँले बताउनुभयो । मुलुकका विभिन्न क्षेत्रमा गत वर्ष पनि उच्च वर्षाका कारण नागरिकले नोक्सानी बेहोरेको र यो वर्ष पनि केही भूभागमा क्षति पुर्याएको स्मरण गर्नुभयो । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले विविध विषयमा प्रस्ताव पेश गर्नुभएको थियो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

