बैतडीबाट प्रदेशका लागि १५६ खेलाडी छनौट
बैतडी | भदौ १६, २०७९
बैतडी । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिम स्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट एक सय ५६ खेलाडी छनोट भएका छन् । छनौट भएका खेलाडीले प्रदेशमा १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार यही भदौ १० देखि १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशका लागि खेलाडी छनौट भएका हुन् । क्रिकेट(महिला/पुरुष), तेक्वान्दो(महिला/पुरुष), टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल, भारत्तोलन (पुरुष), कराते, तेक्वान्दो (महिला/पुरुष), भलिबल (महिला/पुरुष), कबड्डी(महिला/पुरुष), एथ्लेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरुष)लगायतका खेलका खेलाडी छनौट भएका हुन् ।
छनौट प्रतियोगितामा सहभागी हुन खेलाडीका लागि आवेदन आह्वान गरिएको थियो । छनौट प्रतियोगितामा तीन सय २९ खेलाडी सहभागी रहेको जोशीले बताउनुभयो । यसैबीच प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि धनगढीमा सुरु भइसकेको छ भने अन्य प्रदेशस्तरीय छनौट प्रतियोगिता केही दिनमा सञ्चालन हुने बताइएको छ । प्रदेशमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानिने छन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको छ ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

