खैरो हिरोइनसहित १ भारतीय नागरिकसहित ३ जना पक्राउ

काठमाडाैं | चैत ११, २०८२

खैरो हिरोइनसहित १ भारतीय नागरिकसहित ३ जना पक्राउ

काठमाडौं:    प्रहरी वृत्त लैनचौरले ३ जनालाई लागुऔधष खैरो हिरोइनसहित पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ घर भई जिल्ला काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजमुना मार्ग बस्ने १९ वर्षीय आदित्य मण्डल, सिन्धुलीको दुधौली नगरपालिका ५ का ४१ वर्षीय उत्तर बहादुर कार्की भन्ने शम्भु कार्की र भारतको सितामडीका २७ वर्षीय जितु कुमार राय रहेका छन् ।

 

यसअघि शम्भु कार्कीविरुद्ध २०७० साल पुष ३० गते डाँका र २०७७ भदौ ४ गते हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको देखिएको छ  ।

 

हाल पक्राउ परेका उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन १८ ग्राम, मोबाइल थान ३, नेपाली नगद ५६ हजार ८ सय ९५ रुपैयाँ र भारतीय नगद २ हजार ८ सय बरामत गरिएको छ ।

 

पक्राउ परेका उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट दिन ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्