यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
काठमाडाैं | फागुन १३, २०८२
काठमाडौंः मन्त्रिपरिषद्को यही फागुन १२ गतेको बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६)स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले बैठकका निर्णय आज सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिसबमोजिम दुइजना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी र दुई जना महासेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रसमबन्धी सर्वोच्च अदालतका आदेश जाँचबुझ गर्न गठित आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय भएको छ ।
निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उपचार खर्च सरकारले बेहोर्ने तथा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने छ ।
सरकारका प्रवक्ता अर्यालका अनुसार बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दा निरुपण गर्न देशका ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय भएको छ ।
।
चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलङ्कीदेखि बसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजनालाई कर छुट दिने निर्णय भएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय भएको छ ।
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जि...

