आदर्श कपको उपाधिका लागि होराइजन क्लब र नेपाल प्रहरी भिड्ने

पाेखरा | माघ १४, २०८२

आदर्श कपको उपाधिका लागि होराइजन क्लब र नेपाल प्रहरी भिड्ने

पोखरा:  होराइजन क्लब स्याङ्गजा र नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६ औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन् । 


कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार होराइजन क्लब स्याङ्गजा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिमका विच भएको सेमिफाइनल खेलमा होराइजन क्लब १–० गोल अन्तरले विजयी बनेपछि मंगलवारको विजेता नेपाल प्रहरी गण्डकी प्रदेशको टीमसँग भिड्ने पक्का भएको हो । प्रहरीले तनहुँ जिल्ला फुटबल विकास समितिको टिमलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको थियो ।


माघ १६ गते दिनको १ बजे हुने फाइनल खेलमा  प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


बुधवार होराइजन क्लब स्याङ्गजाको टीमका जर्सी नं ११  का खेलाडी टिकाराज गुरुङ्गले खेलको ७३ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनले बुधवारको म्यान अफ द म्याच बन्न सफल भई पाँच हजार पुरस्कार प्राप्त गरेका थिए । 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्