पीएम: पोखरा र राइजिङ पोखराको जित

पाेखरा | माघ १२, २०८२

पीएम: पोखरा र राइजिङ पोखराको जित

पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् । 


कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पोखरा क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई १ विकेटले हराएको छ । १२५ रनको विजयी लक्ष्य पाएको पोखराले ३३ ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनायो । 


आतिफ मियाँले २१, मुस्कान थापाले २० र सुवाष भण्डारीले २० रन जोडे । लेखनाथका लागि साहिल पौडेल र सुवाष वास्तोलाले ३/३ तथा सज्जन क्षेत्रीले १ विकेट लिए । 


त्यसअघि टस जितेर ब्याटिङ थालेको लेखनाथ क्रिकेट क्लब ३३.४ ओभरमा १२४ रन बनाउँदै अलआउट हुन पुग्यो । लेखनाथका लागि राजकुमार छन्त्यालले ३०, सहिल पौडेलले २२ र देव यादवले १७ रन बनाए । 


पोखरा क्रिकेट क्लबका लागि सुर्जन गुरुङले ४, देव शाह र प्रज्वल पौडेलले २/२ विकेट लिए । 


यस्तै अर्को खेलमा राइजिङ पोखरा क्रिकेट क्लबले लेकसाइड क्रिकेट क्लबलाई ६७ रनले हराएको छ । लेखनाथस्थित इडन हेवन क्रिकेट मैदानमा भएको खेलमा ११२ रनको विजयी लक्ष्य पाएको लेकसाइडलाई १६.१ ओभरमा अलआउट गराउँदै राइजिङले जित हासिल गरेको हो । लेकसाइड ४४ रनमै अलआउट भए ।


लेकसाइडका लागि मोहम्मद रिजाले १८ र सुमित रौनियारले ९ रन बनाए । राइजिङका लागि अन्जन केसीले सर्वाधिक ६ विकेट लिए । कृष्ण पौडेल र समिर भुजेलले समान १÷१ विकेट लिए । 


त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राइजिङले २२ ओभरमा १११ रन बनाउँदै अलआउट हुन पुग्यो । राइजिङका लागि अनिल गुरुङले ३१, कृष्ण पौडेलले २९ र रोनक झाले २० रन जोडे । लेकसाइडका लागि विकास पाठक र सन्देश शाहीले समान ३÷३ तथा निरज ढकालले २ विकेट लिए ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्