पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार
पाँच मन्त्रीहरु सहित ५५ जना विरुद्ध भष्ट्रचारको मुद्दा दायर
काठमाडाैं | मंसिर २१, २०८२
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर गरेको छ ।
आयोगले आज विशेष अदालतमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व। पोष्ट बाहदुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन सचिवहरु तथा ने।ना।उ।प्राधिकरणका तत्कालीन महानिर्देशकहरु त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी समेत ५५ जना र CAMC Engineering Co. Ltd. उपर गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
त्यसैगरी निजामती सेवाका सचिवहरु मधु मरासिनी, सुशील घिमिरे लगाएतलाई पनि मुद्दा हालिएको छ । उनीहरुबिरुद्ध जनही ८ अर्व २६ करोड भन्दा बढी बिगो कायम गरिएको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।
स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर रहेकोमा अस्वभाविक रुपमा ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर थप गरिएको अख्तियारको भनाइ छ । लागत अनुमान बढाएर ८ अर्व २६ करोड रुपैया भ्रष्टाचार भएको दाबी सहित मुद्दा दर्ता भएको विशेष अदालतका सूचना अधिकारी रेग्मीले बताउनुभयो ।
मुद्दा दायर गरिएकमध्ये पूर्वमन्त्री पोष्ट बहादुर बोगटीको मृत्यु भएसकेकाले उहाकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले समेत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको देखिएकाले अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गरेको थियो ।
चीन सरकारसँग सहुलिएत ऋण लिएर पोखरा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलको लागत लागत अनुमान अस्वाभाविक रुपमा बढाएर २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलर कायम गरि निर्माण गरिएको पनि अख्तियारले जनाएको छ ।
म्याग्दी: वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

