सुनको मूल्य फेरि २ लाख ५० हजार नाघ्यो

काठमाडाैं | मंसिर १२, २०८२

सुनको मूल्य फेरि २ लाख ५० हजार नाघ्यो

काठमाडौं:  सुनको मूल्य शुक्रबार फेरि २ लाख ५० हजार रुपैयाँ नाघेको छ । हिजो घटेको सुनका मूल्य आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्