संसद् विघटनविरुद्ध एमाले अदालत जाने
काठमाडाैं | मंसिर ३, २०८२
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने निर्णय गरेको छ । एमाले प्रतिनिधि सभा पुनस्र्थापनाका निम्ति सर्वोच्च अदालत जाने निर्णयमा पुगेको हो ।
मङ्गलबार पार्टी मुख्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकले संसद् विघटनविरुद्ध अदालत जाने निर्णय गरेको विघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
संसद् पुनस्र्थापनाका लागि सर्वोच्चमा मुद्दा लैजान एमालेले महेश बर्तौला र सुनिता बराललाई खटाएको छ । विघटित प्रतिनिधि सभामा क्रियाशील अन्य संसदीय दलहरूलाई पनि यसका लागि आह्वान गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले देश अहिले ऐतिहासिक दोबाटोमा उभिएको उल्लेख गर्नुभयो । यसैबिच एमालेको केन्द्रीय सङ्गठन विभागको मङ्गलबार केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको महाधिवेशन प्रतिनिधि छनोटबारे छलफल गरेको छ ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलसमेतको उपस्थितिमा भएको बैठकमा आसन्न एघारौँ महाधिवेशनका प्रतिनिधिसँग सम्बन्धित विषयमा थप स्पष्ट पार्न छलफल भएको पार्टी सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
बैठकमा महाधिवेशनमा हुने प्रतिनिधित्वका विषयमा स्पष्ट पारिएको उहाँले जानकारी दिनुभयो । प्रतिनिधि छनोटका लागि मङ्सिर १३ गतेसम्म सर्वसम्मत वा मतदान प्रक्रियाबाट भए पनि निर्वाचन सम्पन्न गरिसक्नुपर्ने र १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा विवरण पठाउनुपर्ने निर्णय भएको ढुङ्गेलले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक समन्वय गर्न सङ्गठन विभागका सदस्यहरूलाई जिम्मेवारीसमेत दिइएको उहाँले बताउनुभयो
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

