बाढीले एक दर्जनभन्दा बढी गाडी बगायो, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति
काठमाडाैं | असार २४, २०८२
काठमाडौं: मंगलबार बिहान सवा दिन बजे आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलबीच भागमा भाँचिएर बगाई टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेको थियो ।
त्यहाँ रहेका सात आठवटा गाडी र आठ नौवटा मालबाहक कन्टेनर डिब्बा बगाएको बगाएको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।
रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ रसुवागढीस्थित नेपाल–चीन सीमानाकामा चीनतर्फ वर्षाको कारण बाढी आउँदा नेपाल–चीन जोड्ने मितेरीपुल बीच भागमा भाँचिएर बगाई टिमुरे स्थित भन्सार यार्डमा बाढी पसेको थियो ।
भन्सार यार्डमा एक जना स्थानीय, एक जना नेपाल प्रहरी र बिओपी टिमुरेमा कार्यरत सप्रज प्रदिप वाग्ले चारैतर्फ बाढीले गर्दा फसेकोले उद्धार कार्यको प्रयास भइरहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ । बाढी बढेकाले उद्धार कार्य कठिन भएको जानकारी दिइएको छ ।
नदीमा पानीको बाहब धेरै बर्दै गई रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरुलाई सचेत गराइएको बिओपी टिमुरे रसुवाबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डे कमाण्डमा २० जनाको टोली खटिएको छ ।
रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको पुगेको छ । बिहान ६ बजेबाट बजे रसुवा गोसाइँकुण्ड गापा २ तातोपानी स्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक पूर्ण कटान गरी पहिरो झरी सडक अबरुद्ध रहेको छ । उद्धार सामग्रीसहित उद्धारकर्ता घटनास्थल तर्फ गएको जानकारी पनि सशस्त्र प्रहरीले दिएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

