कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडाैं | असार २४, २०८२

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने तस्बिर फाइल

काठमाडौं:  नेपाली कांग्रेसले संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।


कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नेकपा एमालेसँग भएको सहमतिअनुसार संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।


उक्त कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका दलहरू एवं अन्य दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्ने बताइएको छ ।


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी पार्टीको नै भएको कुरामा स्पष्ट र पूर्ण प्रतिवद्ध रहेको कांग्रेसले दोहोर्‍याएको छ ।


संविधान कार्यान्वयनको एक दशकमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै यसको गतिशील कार्यान्वयनका लागि समयानुकूल संशोधन गर्नुपर्छ भन्ने विश्वासका साथ ७ बुँदे सहमतिमा संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भन्ने विषय महत्वका साथ उल्लेख गरिएको कांग्रेसले स्मरण गरेको छ ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भइआएका दुई वटा विधेयकलाई आज प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक&rsquo...

थप पढ्नुहोस्

गण्डकी:    पोखरा महानगर–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ ।  सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी संकलन गरी जैवि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी...

थप पढ्नुहोस्