काठमाडौं विश्वविद्यालयमा आदिवासी शिक्षा र विकास सम्बन्धी पढाइ
पाेखरा | असार १४, २०८२
पोखरा: काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गतको शिक्षा विभागले दक्षिण एसियामा नै पहिलो र पृथक कार्यक्रम, आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रम गत दुई वर्ष देखि सञ्चालन गर्दै आएको छ ।
कुनैपनि विद्यामा स्नातकोत्तर गरिसकेकाहरुको लागि ल्याईएको उक्त कार्यक्रममा आदिवासी ज्ञान, सिप, संस्कृति, भाषा, मुल्य, मान्यता, विकास र समग्र शिक्षा प्रणालीको सन्दर्भमा समालोचक सोच, चिन्तन र विचार निर्माण गर्ने र एक्काइसौँ सताब्दिमा आवश्यक सिप र क्षमताको विकास गर्ने उद्देश्य रहेको छ ।
आदिवासी शिक्षा र विकास विषयको एक वर्षे स्नातकोत्तर कार्यक्रम, विकास शिक्षा विभाग, स्कूल अफ एजुकेशन काठमाण्डौ विश्वविद्यालयले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
सो अवसरमा बोल्दै आदिवासी शिक्षा र विकास विषयको एक वर्षे स्नातकोत्तर कार्यक्रम संयोजक उप प्रध्यापक डा. लिना गुरुङले विश्व परिवेशमा विकसित भएको औपचारिक र आधुनिक शिक्षाको परम्पराले परिस्थिति जन्य र सन्दर्भ अनुसारको आदिवासी तथा स्थानिय ज्ञान, विश्वास, विश्वदृष्टिकोण, प्रविधि, कला, भाष, मूल्य मान्यता र संस्कृतिलाई कहिल्यै पनि शिक्षाको विषयवस्तुको रुपमा ग्रहण गर्न नसकेका कारण उक्त ज्ञानहरु लोपन्मुख अवस्थामा पुगेको वताउदै नेपालको परिवेशमा पाश्चात्य ज्ञान प्रणाली र शैक्षिक अभ्यासले सिर्जना गरेको बौद्धिक तथा मिमांसिय अन्याय भोग्नुपरिरहेको अवस्थामा काठमाण्डौ विश्वविद्यालयले उक्त तथ्य र परिस्थितिलाई मनन गरेर नेपालमा आदिवासी शिक्षा र विकासमा एक वर्षे स्नातकोत्तर कार्यक्रम ल्याएको बताइन ।
जलवायु परिवर्तनले प्राकृतिक वातावरणमा ल्याइरहेको संकटसँग जुध्न पनि आदिवासी ज्ञानको प्रवर्धन गर्न विज्ञानको सिमितताको विकल्पमा आदिवासीय तथा स्थानिय ज्ञान तथा परम्पराले जलवायु अनुकुलन तथा न्युनिकरणको लागी महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसलाई मध्यनजर गरी आदिवासीय ज्ञानलाई प्रवद्र्धन गर्न समेत उक्त कार्यक्रमले योगदान पु¥याउने उप प्रध्यापक गुरुङले बताइन ।
एक वर्षे स्नातकोत्तर कार्यक्रम मार्फत आदिवासीहरुको भाषा, संस्कृति ज्ञान, परम्परालाई अध्ययन अनुसन्धान गर्ने दस्तावेजीकरण गर्ने, साँस्कृतिक संवेदनशीलतालाई बुझ्न सक्ने, सचेत निर्णय गर्न सक्ने, पैरवी गर्न सक्ने, नीति तथा कार्यक्रमहरुको विश्लेषण गर्न सक्ने क्षमताको विकास र विद्यार्थीहरुमा यस अनुरुपको क्षमता विकास गर्न सहयोग पुग्ने समेत गुरुङको भनाइ छ ।
विश्व परिवेशमा उठिरहेको दिगो विकासको अभियानमा नेपाल पनि सहभागी भइरहेको सन्दर्भमा आदिवासी तथा स्थानिय ज्ञानले दिगो प्राकृतिक स्रोत साधनको व्यवस्थापन र जैविक विविधताको संरक्षण गर्न समेत सहयोग पुग्ने बताउदै गुरुङले दिगो वातावरणीय, सामाजिक, साँस्कृतिक तथा आर्थिक विकासको लागि पनि आदिवासी तथा स्थानीय ज्ञानको प्रवर्धन र विकास गर्न आवश्यक रहेको बताइन ।
स्नातकोत्तर कार्यक्रमले तात्कालिन तथा दुरगामी महत्वलाई मध्य नजर गरेर नेपालको शिक्षा तथा विकासको क्षेत्रमा वैकल्पिक ज्ञान र परम्परालाई अगाडि बढाउन टेवा पुग्ने उनको भनाइ छ ।
त्यस्तै अर्का सह–प्राध्यापक डा. इन्द्रमणी राइले आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रमले विद्यार्थीहरुलाई विभिन्न करियरका सम्भावनाहरुको ढोका खोल्ने बताए ।
कार्यक्रम मार्फत अनुसन्धानको पद्धति, विधि र सिपमा जोड दिने भएकोले विद्यार्थीहरु आदिवासी तथा स्थानिय परिवेशमा साँस्कृतिक सम्वेदनसिलताको साथ अनुसन्धान गर्ने अनुसन्धानकर्ताको रुपमा विकसित हुन सक्ने, शिक्षण सिप र क्षमता पाठ्यक्रम निर्माण तथा मुल्याङकन विधि र प्रकृयाको बारेमा दक्षता प्राप्त हुने हुनाले शिक्षक वा पाठ्यक्रम निर्माताको रुपमा आफुलाई विकास गर्न सक्ने, संयुक्त राष्ट्र संघिय निकायहरु सरकारी तथा गैर सरकारी निकाय, वित्तिय संस्थाहरु, बहुराष्ट्रिय निकायहरु आदिमा आदिवासी विज्ञको रुपमा कार्य गर्न सक्ने राइले बताए ।
नेपाल र विश्व परिवेशमा आदिवासीय मानव अधिकारका सवालहरुमा सचेत निर्णय गर्न सक्ने र अर्थपूर्ण नीतिगत परिवर्तनका लागि सचेत सामाजिक अभियान्ताको रुपमा स्थापित भई सामुदायिक विकास, संरक्षित क्षेत्र, साँस्कृतिक सम्पदाको संरक्षणको क्षेत्र, कानुनी लगायतका क्षेत्रहरुमा रोजगारी प्राप्त गर्ने वा सृजना गर्ने सक्ने सम्भावनाहरु रहेको राइको भनाइ थियो ।
सेमेष्टर प्रणाली अन्तर्गत अनलाईन मार्फत कक्षाहरु सञ्चालन हुने भएकाले उक्त कार्यक्रममा सहभागी हुन चाहलेले काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन वेबसाइट (जततउकः÷÷कयभम.पग.भमग.लउ÷बउउथि–लयध–दबअजभयिच–उमनभ–mबकतभच) मार्फत समेत जानकारी लिन सक्ने उप प्रध्यापक राइले बताए ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

