बागलुङको माझखर्कमा मगर दिवस मनाइँदै, भलिबलको उपाधि राशी ५० हजार

बाग्लुङ | फागुन १०, २०८१

बागलुङको माझखर्कमा मगर दिवस मनाइँदै, भलिबलको उपाधि राशी ५० हजार तस्बिर फाइल

बागलुङ:   बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कमा ४३ औं मगर स्थापना दिवस मनाइने भएको छ । मगर सेवा समाज माझखर्कको आयोजनामा विविध कार्यक्रम गरेर मगर स्थापना दिवस मनाउन लागेको हो । 


मगर सेवा समाज माझखर्कका अध्यक्ष बाबुराम नाइसा मगरले ४३ औं मगर स्थापना दिवसको अवसरमा फागुन ११ देखि १५ गतेसम्म खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको बताए । 


उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, तृतीय हुने समूहले १४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमका लागि ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ । 


यस्तै खुल्ला धनुषवाण प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछने । खुल्ला धनुषवाण प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ सय रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ । 


यस्तै खुल्ला धनुषवाण प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीय हुनेले ४ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा एक जनाले मात्र सहभागिता जनाउन पाउनेछन् । 


यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई १ हजार ५ सय दर्ता शुल्क कायम गरिएको छ । 


पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भित्रका नयाँ संरचना अनुसार वडास्तरीय हुने प्रतियोगिता संयोजक होम बहादुर रोका मगरले जानकारी दिए । भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भन्दा बाहिरका टिम सहभागि हुन नपाउने आयोजकले जनाएको छ । 


 

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्