४ महिना साइमन पार्टी प्यालेसमा जागिर, छाडेपछि करिब १५ लाख चोरी
इश्वर र पूजा बुटवलबाट पक्राउ
पाेखरा | माघ १५, २०८१
पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसबाट १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको उजुरीपछि पूर्व कामदार २ जना पक्राउ परेका छन् ।
कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका १० का २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका ३ की २९ वर्षीया पूजा श्रेष्ठ रहेकी छिन् ।
उनीहरुलाई बुटवल प्रहरीको सहयोगमा बुटवल उपमहानगरपालिका ११ कालिकानगरको एक होटलबाट नगद १२ लाख ५२ हजार ५८० रुपैयाँसहित पक्राउ गरि पोखरा ल्याइएको हो ।
उनीहरु उक्त पार्टी प्यालेसमा करिब ४ महिनाजति वेटरका रुपमा काम गरेका थिए । श्रेष्ठ द्वयले गत ८ माघमा मात्र जागिर छाडेका थिए ।
उनीहरू पतिपत्नी नभएपनि लिभिङ टुगेदरमा रहेको बताइएको छ ।
पक्राउ परेका द्वयलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

