पोखरा महोत्सवमा दर्शकको भीड
पाेखरा | माघ ४, २०८१
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ ।
गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म आइपुग्दा दर्शकको भीड बढ्दै गएको आयोजक युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार महोत्सव समापन तिर आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको भीड बढ्दै गएको हो ।
महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार बढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार महोत्सवमा विशेष गरी घरायसी सामाग्री, कृषि र जाडो यामका लत्ता कपडा किन्नेको भीड लागेको छ ।
महोत्सवमा शुक्रबार चर्चित दोहोरी गायक श्याम राना मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । श्याम राना संगै शुक्रबार महोत्सवमा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, सरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगरको लोक दोहोरी प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए ।
त्यसैगरी हाँस्य ब्यंग्य तर्फ पुर्खे बाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाईभ कन्सर्ट तर्फ रक हेड्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको छ । बेसलाइन, अमरसिंह माबि, ज्ञानगंगा र पोखरा युनाईटेड एकेडेमी बिचको प्रतिस्पर्धामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको हो ।
महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ शान्तारानी परियार, प्रजापति पराजुली, चालेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरी ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सनाका अनुसार सांझको लाइभ कन्सर्टमा युवाहरु माझ चर्चित भीटेनको प्रस्तुती रहने छ ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

