गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
पाेखरा | फागुन ९, २०८२
पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो ।
त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी तथा तमु धिं एशोसियसन युकेका उपाध्यक्ष कमल कोने गुरूङ, सहारा क्लब युकेका सल्लाहकार कृष्ण गुरूङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङ, सुटिङ संघ गण्डकीका महासचिब पुरन कुँवरलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, महासचिब राजेन्द्र पहाडी, कोषाध्यक्ष शान्त सिंह बस्नेत, जिल्ला ह्याण्डबल संघ कास्कीका अध्यष चित्र बहादुर थापा, बागलुङका अध्यक्ष उमेशराज भण्डारीलगायतको सहभागिता रहेको थियो ।
सो प्रतियोगिता आसन्न दशौं राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियागिताका रुपमा आयोजना गरिएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

