नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको १९ औं स्थापना दिवस: शैक्षिक सामग्री हस्तान्तरण

पाेखरा | पुस २८, २०८१

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको १९ औं स्थापना दिवस: शैक्षिक सामग्री हस्तान्तरण

पोखरा:  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १९ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । 

 

पोखरा पुस्तक तथा स्टेशनरी संघले सामाजिक उत्तरदायित्व अन्तरगत पोखरा–१६ स्थित दिव्यज्योती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक समाग्री सहयोग गरेको हो ।

 

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यार्थीहरूको पठनपाठनलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 

उनले यस्ता कार्यक्रमहरूलाई अझ निरन्तरता दिनुपर्नेमासमेत जोड दिए ।

 

यस्तै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पोखरेलले महासङ्घको उद्देश्य, भूमिका, र समाजमा यसले पु¥याउँदै आएको योगदानबारे चर्चा गरे । 

 

सोही कार्यक्रमकाबीच विद्यालयको पुस्तकालयलाई समृद्ध बनाउन पुस्तकहरूसमेत उपलब्ध गराएको पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी  संघका अध्यक्ष गोविन्द गौतमले जानकारी दिए ।

 

उक्त सामग्रीको अभाव झेलीरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पु¥याउने विश्वास व्यक्त गरे ।

 

अध्यक्ष गौतमले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यसहित सहयोग गरेको बताउदै उक्त कार्यले प्रेरणादायक भूमिका खेल्ने उल्लेख गरे ।

 

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सूर्य मोहन आचार्य, विद्यालयकी प्राचार्य लक्ष्मी खनाल, गोपाल गिरी, नन्दा गुरुङ, छविलाल आचार्य लागायतले बोलका थिए ।

 

पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी  संघका अध्यक्ष गोविन्द गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरा पुस्तक तथा स्टेशनरी संघका उपाध्यक्ष ध्रुव पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, सचिव राम सुवेदीले कार्यक्रमको संचालन गरेका थिए ।


 

काठमाडौं:     विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकार...

थप पढ्नुहोस्

नवलपरासी:      सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्द...

थप पढ्नुहोस्

काठमाडौं:   चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा हुनुहुन्थ्यो । उहाँले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गर्नुुभएको थियो । पारिवारिक स्रोतका अनुसार, उ...

थप पढ्नुहोस्