शहिद स्मृति माविले जित्यो दोस्रो कुलपति रनिङशिल्ड फुटबलको उपाधि
पाेखरा | पुस ३, २०८१
पोखरा: गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि शहिद स्मृति माध्यमिक विद्यालयले जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहिद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो । निर्धारित समयमा २–२ मा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
ट्राइबेकरमा ४–२ ले पराजित गर्दै शहिद स्मृतिले कुलपति रनिङशिल्डको उपाधि जितेको हो । स्टेप बाई स्टेपले सुरुआति ४ पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो । शहिद स्मृतिले ४ वटै गोल गर्दै उपाधि चिम्न सफल भयो ।
उपाधि जितेसँगै शहिद स्मृति माविले एक लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । उपविजेता बनेको स्टेप बाइ स्टेपले ५० हजारमा चित्त बुझायो ।
शहिद स्मृति माविका कप्तान केशबहादुर रोकामगर प्लेयर अफ द टुर्नामेन्ट चुनिए । उनले १५ हजार प्राप्त गरे ।
विजेता उपविजेतालाई गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, उपकुलपति प्राडा नवराज देवकोटासहितले शिल्ड हस्तान्तरण गरेका थिए ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

