आदर्श कप: उपधिका लागि कास्की र शसस्त्र प्रहरी बल भिड्ने
पाेखरा | मंसिर २८, २०८१
पोखरा: शसस्त्र प्रहरी बल गण्डकी प्रदेश कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा विहिवार भएको खेलमा सशस्त्र प्रहरीले गोर्खा फुटवल क्लबलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
सशस्त्रका सुजन तामाङले खेलको ७१औं मिनेटमा गरेको गोल नै जितको लागी निर्णायक बन्यो । गोल फर्काउन गोर्खाले गरेका थुप्रै प्रयासहरु असफल भएका थिए ।
खेलमा सशस्त्रका गोल रक्षक अजित कुमार बिक म्यान अफ दि म्याच बने । उनले नगद ५ हजारसहित मेडल हात पारेका छन् ।
अब प्रतियोगिताको उपाधिका लागि शनिबार शसस्त्र प्रहरी बल गण्डकी र कास्की ११ भिड्ने भएका छन । कास्कीले बुधबार पेनाल्टी सुट आउटमा आयोजक आदर्शलाई ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागत तर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ । ‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ मंसिर २२ देखी २९ गतेसम्म संचालित प्रतियोगिताको मुख्य प्रायोजकक सौर्य सिमेन्ट रहेको छ ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

