पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा घोरलको सिंङसहित युक्रेनका नागरिक पक्राउ
पाेखरा | मंसिर ११, २०८१
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा संरक्षित वन्यजन्तु घोरलको सिंङसहित युक्रेनका एक नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा युक्रेनका २१ वर्षीय पीलीप जील्को भीस्की रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
विमानस्थलको आन्तरिक प्रस्थान गेटको एक्सरे मेसिनमा चेकजाँचको क्रममा भीस्कीको निलो झोलामा संरक्षित बन्यजन्तु घोरलको सिंङ फेला परेको थियो ।
पक्राउ परेका उनलाई पोखर १५ नयाँगाउमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...
काठमाडौंः: नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १/१ जना ...
पर्सा: सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वप...

