लोड गरिएको २ नाल भरुवा बन्दुकसहित बुढामगर पक्राउ
धनगढी | कात्तिक २१, २०८१
धनगढी: लोड गरिएको अवस्थामा दुई नाल भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको गोदावरी नगरपालिका ४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल बहादुर बुढामगरलाई मंगलबार साँझ दुई नाल भरुवा बन्दुक, गोली, बारुदसहित पक्राउ गरेको हो ।
बुढामगरको घरबाट करिब ५० मिटर पूर्व रहेको चैतडा सामुदायिक जङ्गलको खोल्सामा लुकाई–छिपाई राखेको अवस्थामा २ नाल लोड गरेको भरुवा बन्दुक, सोही बन्दुक नजिकै रहेको कालो रङको झोलाभित्र ४ ओटा फलाम र ४ ओटा सिसाको गोली गरी जम्मा ८ ओटा गोली र अन्दाजी १००/२०० ग्राम बारुद बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।
बुढामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
पोखरा: पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा...
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...
पोखरा: जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण ...

