मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
काठमाडाैं | कात्तिक २१, २०८१
काठमाडौँः आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ ।
यही कात्तिक १६ देखि १८ गतेसम्म पालिस डेस कङ्ग्रेसमा आयोजित ३४ औँ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालको पर्यटन प्रगवद्र्धनसम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो ।
ओटावास्थित नेपालको राजदूतावासले पालिस डेस सम्मेलन केन्द्रमा एकल प्रदर्शनीकक्ष खडा गरेर नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने प्रवद्र्धनात्मक वृत्तचित्र र अन्य प्रचारात्मक सामग्री प्रदर्शन गरिनुका साथै ती सामग्री आगन्तुकहरूलाई प्रदान गरिएको थियो ।
उक्त दूतावासका अनुसार नेपाल प्रदर्शनीकक्षमा हस्तकला, काष्ठकला, थान्का, पश्मिना सल,चिया, कफीलगायत नेपालका प्रमुख निर्यातजन्य सामग्री प्रदर्शन गरिएका थिए ।
ठूलो सङ्ख्यामा नेपालकक्षमा आएका आगन्तुकहरूले रुचिपूर्वक प्रदर्शनीको अवलोकन गर्नाका साथै नेपालका उत्पादन तथा पर्यटकीय गन्तव्यबारे जानकारी लिएका थिए ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

