भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी

धरान | कात्तिक २१, २०८१

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी

धरानः   बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो । 


तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उहाँ कृषि क्षेत्रमा सक्रिय हुनुभयो । 


अहिले उहाँलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ ।


तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लाग्नुभएका उहाँले यसैबाट मनग्गे आम्दानी गरिरहुनभएको छ । 


हाल उहाँले एक विघामा भुइँकटहर लगाउनुभएको छ । यसबाट वार्षिक रु १५ लाख आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो ।


वार्षिक रु एक लाख खर्च खर्च कटाउँदा रु १४ लाखसम्म सजिलै बचाउन सकिने उहाँको भनाइ छ । 


उहाँले भन्नुभयो, भुइँकटहरको माग राम्रो छ बजारमा भनेको  मूल्य पनि पाइन्छ ।


गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।”


उहाँका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ ।


उहाँले भुइँकटहर प्रतिगोटा रु १ सयदेखि रु १ सय ५० सम्म बिक्री गर्दै आउनुभएको छ । 


भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उहाँको भनाइ छ । 


अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि  समस्या नभएको उहाँले सुनाउनुभयो । 


उहाँका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक रु १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ । 


उहाँले एउटा विरुवालाई रु १० देखि रु २० सम्ममा बिक्री गर्दै आउनुभएको छ । 


उहाँको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप रु ७७ हजार उपलब्ध गराइसकेको छ ।
 

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...

थप पढ्नुहोस्

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

थप पढ्नुहोस्