आइएसएमटी कलेजमा ‘दशैं फेस्ट’ (फाेटाे फिचर)
पाेखरा | असोज १७, २०८१
पोखरा वडा नं. १५ नयाँ गाउँमा अवस्थित आइएसएमटी कलेज पोखरामा रमाइलो दशैं फेस्ट आयोजना गरिएको छ ।
नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा कलेजले विद्यार्थीलाई मनोरञ्जन दिने उद्देश्यले ‘आइएसएमटी दशैं फेस्ट’ गरेको हो ।
दि जुकबक्स ब्याण्डको विशेष प्रस्तुती रहेको फेस्टमा विद्यार्थीहरुले पनि आफ्ना प्रस्तुती राखे । फुड, म्युजिक, ड्रिन्क्स र डान्स थिममा कलेजले यो कार्यक्रम राखेको हो ।
कलेज परिसरमा बुधबार अपरान्ह ४ बजेदेखि चलेको फेस्टमा विद्यार्थीहरुले खुलेर मज्जा लिए ।

पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले पढाईसँगै मनोरञ्जन पनि आवश्यक रहेको उल्लेख गरे ।
उनले यस कलेज वडाको चिनारीका रुपमा रहेको बताउँदै समसामयिक शिक्षा प्रदान गर्नुका साथै यहाँबाटै बेलायतको विश्वविद्यालयको प्रमाणपत्र पाउने अवसर सिर्जना गरेकोमा आभार व्यक्त गरे ।

आइएसएमटी कलेज पोखराका अपरेशन म्यानेजर शिव पौडेलका अनुसार अवसरमा कलेज प्रशासन, प्राध्यापक, विद्यार्थी कर्मचारीबीच शुभकामना आदानप्रदान गर्ने हेतु पनि यस कार्यक्रम आयोजना गरिएको हो ।

आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।
आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।

कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।


यो पनि पढ्नुहोस
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...







