पोखराको आइएसएमटी कलेजले थप्यो 'बिएचएम' कार्यक्रम

पाेखरा | असोज १७, २०८०

पोखराको आइएसएमटी कलेजले थप्यो 'बिएचएम' कार्यक्रम

पोखरा:  बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन  तथा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त आइएसएमटी कलेज पोखराले यस वर्षदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

 

पोखरा महानगरपालिका १५ अन्नपूर्णमार्गस्थित सञ्चालनमा रहेको आइएसएमटी कलेजले हस्पिटालिटीको क्षेत्रमा दक्षा जनशक्तिको माग बढिरहेको अवस्थालाई मध्यजजर गर्दै बिएचएमको कार्यक्रम थपेको हो ।

 

सन् २०१८ सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको आइएसएमटी ग्रुप अन्तरगतको आइएसएमटी कलेजले यसअघि बिएससी आइटी र बिबिए अध्यापन गर्दै आएको छ । 

 

परिवर्तित समय र पोखरामा हस्पिटालिटीको क्षेत्रमा कामदारको मागलाई मध्यनजर गर्दै दक्ष जनशत्ति उत्पादन गर्ने उद्देश्यले बिएचएम कार्यक्रम थपेको कलेजका एशोसियट अप्रेसन म्यानेजर शिव पौडेलले जानकारी दिए । 

 

कलेजका अनुसार आइएसएमटीमा अध्ययन गरेपछि विद्यार्थीहरु होटल, पर्यटन क्षेत्र, एयरलाइन्स लगायतका विभिन्न हस्पिटालिटी र कर्पोरेट क्षेत्रमा काम गर्नसक्ने गरी दक्ष भएर निस्कने छन् । 
 

आइएसएमटी ग्रुप अन्तरगत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा आइएसएमटी कलेजहरु सञ्चालनमा रहेका छन् । 

 

हालसम्म यस ग्रुपको कलेजबाट सयौंको सँख्यामा बिएससी आइटी र बिबिएमा दक्ष विद्यार्थीहरु उत्तीर्ण भइसकेका छन् ।

नुवाकोट:    काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।     ...

थप पढ्नुहोस्

ताप्लेजुङ:     कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर मृत्यु भएको छ ।  फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेक...

थप पढ्नुहोस्

लमजुङ:     मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा  मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर  तामाङको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्...

थप पढ्नुहोस्