पोखरामा आइएसएमटी कलेजको ‘जब फेयर’
पाेखरा | असोज ११, २०८१
पोखरामा आइएसएमटी कलेजको आयोजनामा ‘आइएसएमटी जब फेयर’ सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज परिसरमा आज (शुक्रबार) जब फेयर सम्पन्न गरिएको कलेजका अप्रेशन म्यानेजर शिव पौडेललले जानकारी दिए ।
‘विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्धेश्यले पोखरामा दोस्रो पटक जब फेयर कार्यक्रम गरेका हौं’, पौडेलले भने, ‘आइएसएमटी जब फेयरमा करिव ७० जना विद्यार्थीहरु सहभागी भएका थिए । अध्ययन सकेका विद्यार्थीहरुलाई आफ्नो करियरको सुरुवात गर्न यस कार्यक्रममा सहयोग पु¥याउने विश्वास लिएका छौं ।’
आइएसएमटी जब फेयरमा १० वटा विभिन्न कम्पनीहरुले स्टल राखेर विद्यार्थीहरुको अन्तर्वार्ता लिएको उनले जानकारी दिए ।
जब फेयरमा पोखरामा रहेका एस हेल्पिङ ह्याण्ड आइटी सुलुसन, टु एस सुलुसन, भायोनेट कम्न्युकेसन, बिजबजार, फुडमाण्डु, इन्सर्ट रिसर्च डेब्लोमेन्ट, पोस्टा इन्फोएस काठमाण्डु, कम्पसिप प्रालि, वेभ सुफर र एक्सटेन आईटी प्राइभेट लिमिटेडका कर्मचारीहरुले अन्तर्वार्ता लिएका थिए ।
उक्त कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने कलेजको विश्वास छ ।
बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले बिबिए, बिएिचएम, बिएस्सी आइटी, बिएस्सी (अनर्स) साइबर सेक्युरिटी डिजिटल फोरेन्सिक एमबिए तथा एमएस्सी कम्युटिंग लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

