पोखरामा अवैध चाँदीका गरगहनासहित भारतीय नागरिक पक्राउ

पाेखरा | असोज १४, २०८१

पोखरामा अवैध चाँदीका गरगहनासहित भारतीय नागरिक पक्राउ

पोखरा:    पोखरामा अवैध चाँदीका गरगहनासहित भारतीय नागरिक पक्राउ परेका छन् । 


अवैध रुपमा चाँदीका गरगहना ओसारपोसार गरेको आरोपमा ३५ वर्षीय भारतीय नागरिक चन्द्र भुषण प्रसादलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए । 


‘अवैध रुपमा एक भारतीय नागरिकले चाँदीका गरगहना ओसारपोसार गरिरहेको गोप्य सूचना हामीलाई आएको थियो’, डीएसपी शर्माले भने, ‘हिजो पोखरा–३२ मजुवास्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार भारतीय नागरिक अवैध चाँदीका गरगहनासहित पक्राउ परेका हुन् ।’


पक्राउ परेका भारतीय नागरिकले करिव ६ केजी ६ सय ९० ग्राम चाँदीको प्रमाण खुल्ने कागजात (बिल) नभएपछि पक्राउ गरेको उनले बताए । 


उनका अनुसार पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारण जिल्ला सुगौली थाना १० स्थायी घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने चन्द्र भुषण प्रसाद छन् । 


प्रहरीले उनको साथबाट प्रहरीले चाँदीको जस्तो देखिने सेतो धातुको पाउजु १ सय ४० थान, झल्लार पाउजु १ सय ९२ थान, सादा पाउनु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान, पाउजुको लक हुक ४ सय ९८ थान र १ थान मोबाईल सेट समेत बरामद गरेको छ । 


पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको कास्की प्रहरीले जनाएको छ । 

ढोरपाटन:   उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिनुभयो । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाउनुभय...

थप पढ्नुहोस्

कञ्चनपुर:    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ ।  प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउन...

थप पढ्नुहोस्

काठमाडौं:   विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्दैछ ।  सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बन...

थप पढ्नुहोस्