तालचोकको काइट स्पोर्टसमा फुटसल हुँदैं, उपाधि राशी ५५ हजार ५ सय ५५

पाेखरा | असोज ११, २०८१

तालचोकको काइट स्पोर्टसमा फुटसल हुँदैं, उपाधि राशी ५५ हजार ५ सय ५५

पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट स्पोर्टस प्रालिले पहिलो संस्करणको एमेच्योर फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आगामी कात्तिक १४ र १५ गते प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको प्रतिनिधि राहुल गुरुङले जानकारी दिए । 

 

उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले नगद रु ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेता समूहलाई नगद रु २७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गरिने उनले बताए ।

 

प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर र एउटा समूहलाई अनुशासित टिमको रुपमा ट्रफी र मेडलसहित पुरस्कृत गरिनेछ ।

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

 

टिम दर्ता फोनबाट पनि गर्न सकिने (९८५६०१८२५०, ९८०६५१४८८०) आयोजकले जनाएको छ ।
 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्