ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा
काठमाडाैं | भदौ १०, २०८१
काठमाडौं: ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आउनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभयो ।
उहाँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आउनुभएको हो । भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नुहुनेछ । उहाँ भोलि भदौ ११ गते काठमाडौँबाट प्रस्थान गर्नुहुने कार्यतालिका छ ।
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...
पोखरा: धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ । हेमजाको फुर्केट...
काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

