प्रकृति र संस्कृतिको केन्द्र हो नेपाल: राजदूत डा. सुवेदी

जापानमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शन

पाेखरा | भदौ १०, २०८१

प्रकृति र संस्कृतिको केन्द्र हो नेपाल: राजदूत डा. सुवेदी

पोखरा:   जापानको टोकियोमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र  आइतबार प्रदर्शन गरिएको छ । 


लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्माण गरिएको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बे्रज मेश्रो घान्द्रुक समाज जापानको आयोजनामा जापानको टोकियो शहरको गोतान्दा माया रेष्टुरेन्टमा प्रदर्शन गरिएको हो । 

 


जापानको टोकियो शहरमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शन समारोहमा बोल्दै नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले आफु बेलायत राजदूत भएर बेलायत जाँदा नेपाल घुमेर बेलायत फर्किएहरुले स्वर्गको एउटा टुक्रामा टेकेर आएको प्रतिक्रिया दिएको बताए । 


 ‘कास्कीको घान्द्रुक, चितवनको सौरहा, लुम्बिनी, पाल्पाको श्रीनगर , इलामको कन्याम जस्तै स्वर्गका धेरै टुक्राहरु नेपालमा छन्, सिङ्गै स्वर्ग जस्तो हाम्रो देश छ, राजदूत सुवेदीले भने, ‘ पत्येक टुम्काटुम्का देवताको वास भएको देश हो हाम्रो, प्रत्येक ढुङ्गाहरुमा देवता खोपेको देश हो हाम्रो चिनाउन बाँकी छ, पर्यटन प्रवद्र्धन गर्न बाँकी छ ।’


नेपाली राजदूत डा. सुवेदीले जापनीज साथीले नेपालको भ्रमण गरेपछि नेपाल विविधता भएको देश भएको समेत बताए ।  


‘मलाई एकजना जापनीज साथीले भन्नुभयो नेपाल विविधता भएको देश हो, १० किलोमिटरको हिडेपछि त्यही महोत्तरीबाट सिन्धुली चढ्दा खेरी गर्मीबाट चिसोमा पुग्छ, चितवनबाट अलिकति माथि पुग्दा आबुखैरेनी हुँदै गोरखा नपुग्दै पुनः शितल हुन्छ यो विविधता हो यो प्रकृतिले दिएको हो ।’उनले भने, 


उनले नेपाल प्रकृति र संस्कृतिको केन्द्र भएको समेत बताए । ‘ प्रकृति र संस्कतिको धनी हो नेपाल हो, प्रकृति र संस्कृतिको केन्द्र हो नेपाल, प्रकृति र संस्कृतिको धनी हो पोखरा, घान्द्रुक, घलेगाउँ ।’ उनले भने । 


जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठले नेपालमा पर्यटन प्रवद्र्धन गर्दा एक ठाउँको मात्र नभएर नेपालको समृद्धिमा नै सहयोग पुग्ने बताए । 


उनले नेपाल प्राकृतिक, सास्कृतिक रुपमा धनी भएकाले यसको प्रवद्र्धन गर्न नेपाल सरकार र समुदाय नै लाग्नुपर्नेमा जोड दिए । 


लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले घान्द्रुकमा पर्यटक प्रवद्र्धन गर्न वृत्तचित्र निर्माण गरेर प्रदर्शन गरिएको बताए । 


‘घान्द्रुकमा पहिलो पटक प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरिएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई बेलायत र हङकङपछि जापानमा प्रदर्शन गरेका हौ ।’


लामा अमृत फाउण्डेशन घान्द्रुक संस्थापक अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो ।


उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।


कार्यक्रममा बे्रज मेश्रो घान्द्रुक समाज जापानका अध्यक्ष युक्तमान गुरुङ गुरुङको अध्यक्षता र लामा अमृत घान्द्रुकका संस्थापक अमृत गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शनमा तामाकी रेष्टुरेन्टका सञ्चालक बुद्धि गुरुङ (ज्या) र नेपाल जापान चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठको विशेष सहयोग रहेको थियो । 

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्