पोखरा विमानस्थल सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको स्वागत

पाेखरा | भदौ २, २०८१

पोखरा विमानस्थल सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको स्वागत

पोखरा:    पोखरा पर्यटन परिषद्ले नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिनेलगायत निर्णय गरेका स्वागत गरेको छ ।


परिषद्द्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले मन्त्रिपरिषद्को निणर्यको स्वागत गर्दै विमानस्थल सञ्चालन सम्बन्धमा दुुई वर्षसम्म गरेको मागको सुनुवाइ भएकामा खुसी व्यक्त गर्नुुभयो । “मन्त्रिपरिषद्ले गरेका निर्णय छिटोभन्दा छिटो कार्यान्वयनका लागि सरकारसँग माग गर्दछौँ”, उहाँले भन्नुभयो, “यो निर्णयले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनेमा हामी निश्चिन्त छौँ ।”


पोखराबाट उडान भर्ने हवाई कम्पनीहरूले पाउने उक्त सुविधाबाट यात्रुुहरूलाई सुलभ दरमा यात्रा गर्ने मौका मिल्ने र यसले विमानस्थलको आकर्षण बढाउने उहाँले बताउनुुभयो । अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय उडान भएमा पोखराका उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवेशको ढोका खुल्ने विश्वास वक्त गर्नुभयो । परिषद्को वर्तमान कार्यसमितिले यस सम्बन्धमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सम्बद्ध निकायसँग पटकपटक छलफल तथा ज्ञापनपत्र बुझाएको उहाँले स्मरण गर्नुभयो ।


परिषद्ले अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग पहल, भारतीय टुर अपरेटर, फिल्म स्टार, राजनीतिज्ञ तथा पत्रकारसँग पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा र प्रसारप्रसार गरिएको त्यस अवसरमा जानकारी दिइयो ।


पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सदस्यका रूपमा पोखरा मुग्लिन सडकको स्तरोन्नतिको ढिलाइ सम्बन्धमा सरोकार भएकासँग छलफल एवं अवलोकन भ्रमण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


परिषद्का्े आयोजनामा ‘पहिला घरदेश अनि परदेश’ साङ्गीतिक कार्यक्रम, गल्फ एण्ड वियोन्ड कार्यक्रम, पाटा एडभान्चर मार्टमा सहकार्य, पर्यटन ऐनलाई व्यवसायमैत्री बनाउन र यातायात क्षेत्रमा सेवा प्रदायकको सुविधाका लागि सरकारले दिनुपर्ने सहुलियतका विषयमा ऐेनमा नै सुधार गर्न पहल गरिएको पनि जनाइएको छ । 


परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन र विकासका लागि आफूहरूले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । 

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्