मगर भाषा र संस्कृति अध्ययन गर्न चित्रे पुग्यो मिस मगर नेपालको टोली

पाेखरा | भदौ २, २०८१

मगर भाषा र संस्कृति अध्ययन गर्न चित्रे पुग्यो मिस मगर नेपालको टोली

पोखरा:    मगर जातिको भाषा, धर्म तथा कला संस्कृति सम्बन्धि अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे पुगेका छन् ।


एसटी क्रियसन म्यानेजमेन्ट प्रालीको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुने मिस मगर नेपाल २०२४ का सातौं संस्करणका प्रतियोगीहरुलाई मगर समुदायको भाषा, तथा संस्कृति सम्बन्धि अध्ययन तथा अनुसन्धानका लागि स्याङ्जाको चित्रेमा कार्यक्रम आयोजना गरिएको हो । 


ग्राण्ड फिनालेका लागि छनोट भएका ११ जना प्रतिस्पर्धीसहित पोखराबाट मगर समुदायको भाषा, कला, संस्कृतिको अध्ययनको लागि स्याङ्जाको चित्रेमा शुक्रबार र शनिबार अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिइन् । 


मगर भाषा तथा संस्कृति सम्बन्धी अध्ययन भ्रमण एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै स्याङ्जाको हरिनास गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले मगर समुदायको भाषा, संस्कृति पुस्तान्तरण हुन आवश्यक रहेको बताइन् । 


‘मिस मगर नेपालका प्रतियोगिहरुलाई अध्ययन भ्रमणका लागि यहाँ ल्याउनुभएकोमा हामी खुशी छौं’, उपाध्यक्ष रानाले भनिन्, ‘स्याङ्जाको चित्रे मगर समुदायको बाहुल्यता भएको गाउँ हो, यहाँ मगर भाषा, संस्कृतिहरु अझै पनि रहेका छन्, मगर भाषा, सस्कृति हामीले पुस्तान्तरण गर्न आवश्यक छ, यस प्रतियोगिताले पक्कैपनि मगर समुदायको भाषा, संस्कृति संरक्षणमा सहयोग पु¥याउँछ भन्ने विश्वास लिएको छु ।’


कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् भ्रमण संयोजक पवित्रा थापा मगरले मगर समुदायको भाषा, संस्कार–सस्कृति बुझाउन सहयोग पु¥याउने उद्धेश्यले चित्रे गाउँलाई रोजेको बताईन् । 


एसटी क्रियसन म्यानेजमेन्ट एवम् मिस मगर नेपालका निर्देशक सुरज थापा मगरले मगर युवतीहरुको नेतृत्व विकाससँगै भाषा, संस्कृति, इतिहास बुझाउन प्रतियोगिताहरु आयोजना गर्दै आएको बताए । 


‘मिस मगर नेपाल २०२४ आयोजना गर्दै गर्दा हामी अहिले सातौ संस्करणको ग्राण्ड फिनालेमा आइपुगेका छौं, नेपालको विभिन्न जिल्लाबाट २० जना प्रतियोगिहरु छनोट हुनुभएको थियो’, थापाले भने, ‘विभिन्न चरणहरु पार गर्दै अहिले ग्राण्ड फिनालेका लागि ११ जना अन्तिम चरणमा छनोट हुनुभएको छ, उहाँहरुलाई मगर समुदायको परम्परा, भाषा, संस्कृतिसँगै नेतृत्व तथा व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गरेका हौं ।’


कार्यक्रममा मिस मगर नेपाल २०२४ का शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादर राना (विरेन), नेपाल मगर संघ कास्कीका सहसचिव शिव थापा, चित्रेका टोल संयोजक पहलसिंह राना मगर लगायतले बोलेका थिए । 


मिस मगरका प्रतिस्पधीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास, भेषभुषा, कला र संस्कृति लगायतका तालिमहरुसमेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ । 


मगर समुदायको भाषा, तथा संस्कृति सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि गएको मिस मगर नेपाल २०२४ का प्रतियोगिहरुलाई हरिनास गाउँपालिका–४ चित्रेका मगर समुदायले रोधिखोलादेखि पिपल डाँडासम्म मगर समुदायको मौलिक कौराहा, झाबुरा, पञ्चेबाजासहित स्वागत तथा सम्मान गरिएको थियो । 


कार्यक्रम एसटी क्रियसन म्यानेजमेन्टका अध्यक्ष मानबहादुर घर्ति (एमबी)को अध्यक्षता, प्रतियोगिता निर्देशक सुरज थापामगरको स्वागत र कार्यक्रम संयोजक रुद्र श्रीस मगरको सञ्चालनमा सम्पन्न भएको थियो । 


मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुँदै छ । कार्यक्रमको मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ । 
 

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्