पोखरा महानगरको बजार अनुगमन, दुई फिस सप्लायर्सलाई ५०/५० हजार जरिवाना

पाेखरा | भदौ २, २०८१

पोखरा महानगरको बजार अनुगमन, दुई फिस सप्लायर्सलाई ५०/५० हजार जरिवाना

पोखरा:    पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ । 


बजारमा मुल्यबृद्धि,मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासु जन्य तथा खाद्यान्न सामग्री बिक्री वितरण भैरहेको जनगुनासो आएपछि अनुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुनासो आएपछि पहिलो चरणमा माछा र मासुमा अनुगमन सुरु गरिएको हो ।


महानगरका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासुु पसलमा अनुगमन गरेको हो । 


अनुगमनका क्रममा कुहिएर खाना योग्य नभएको २१९ केजी माछा र खसिको मासु १५ केजी गरी २३४ केजी जफत र उनीहरुलाई जरिवाना गरिएको छ ।


जफत गरिएको माछा र मासु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पीटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । 


अनुगमनका क्रममा कुहिएको माछा फेला परेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित गराई जरिवाना गरिएको छ । १७ वटा मध्य १० वटा माछा पसललाई ५० हजारदेखि १५ हजारसम्म गरिवाना गरिएको छ । 


जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन समेत भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।


अनुगमनका क्रममा पोखरा महानगरपालिका वडा नम्वर ९ बसपार्कमा संचालन रहेको लाचन फिस सप्लायर्सबाट १ सय केजी, पोखरा ९ बसपार्कमा रहेको माछाको होसल गर्ने राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी दुवैलाई ५०/५० हजार जरिवाना गरिएको छ । 


त्यस्तै पोखरा ८ सृजनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट  खान योग्य नभएको ८ केजी माछा र खसिको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसिको मासु जफत गरिएको थियो भने दुवै पसललाई ३०÷३० हजार रुपैयाँ जरिवाना गरिएको छ । 


त्यस्तै अनुगमन टोलीले पोखरा ८ श्री कम्प्लेक्समा संचालनमा रहेको न्यू रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा भेटिएको र उक्त माछा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको छ । 


त्यस्तै न्यु सुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । 


अनुगमनमा पसल नविकरण नभएको,सरफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डि फ्रिज नभएको, माछा पसल संचालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आइन्दा यस्तो भेटिएमा पसल बन्द गराउने चेतावनी सहित छाडिएको छ ।


माछा तथा मासु बिक्री गर्ने अन्य ७ वटा पसललाई मुुल्यसुचि राख्न, पसल सरसफाई गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार संचालन गर्न सुझाव दिदै पुनः दोश्रो पटक पनि अटेर कारबाही गर्ने सर्तमा छोडिएको छ ।


पोखरा महानगरपालिकामा गुनासो र नेपालीहरुका चाडपर्वहरु पनि सुरुवात भएकाले बजार अनुगमन सुरुवात गरिएको महानगरका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् । 


विगतमा भएका अनुगमनले बजारमा केही सुधार देखिएको भएपनि सोचे जस्तो नदेखिएको बताउदै अव नियमित अनुगमन गरिने उनले बताइन् । उपप्रमुख गुरुङले अनुगमनका क्रममा दिइएको सुझावलाई कार्यान्वयन नगर्ने र फेरी गलत भेटिएमा जरिवाना सहित अन्य कानुनी कारबाही गरीने बताइन् ।

 

उनले उपभोक्ताहरु स्वयम सचेत बन्नुपर्ने र महानगरले सचेतनामुलक कार्यक्रम गर्ने बताइन् । चाडपर्वमा मात्रै अनुगमन गर्ने भन्ने आरोप लाग्ने गरेकाले यस वर्ष अगाडी नै अनुगमन थालिएको उपप्रमुख गुरुङको भनाई छ ।


जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्यालले माछा पसल दर्दनाक देखियो । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिएको र उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारबाही गरिएको बताए । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको छ ।


 

पोखरा:    संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   गण्डकी प्रदेश सरकारको आयोजनामा आज पोखरामा संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवस मनाइएको ...

थप पढ्नुहोस्

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज हो भन्नुभएको छ ।...

थप पढ्नुहोस्

काठमाडौं:    आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ ।  शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउ...

थप पढ्नुहोस्