टुंडिखेलमा सेभेन ए साइड फुटबल जारी, सोमबार १२ खेल हुने

पाेखरा | भदौ २, २०८१

टुंडिखेलमा सेभेन ए साइड फुटबल जारी, सोमबार १२ खेल हुने

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगिताको तेस्रो दिन (सोमबार) पनि १२ वटा खेलहरु हुने भएको छ ।

 

आयोजकका प्रतिनिधि आकाश थपलियाका अनुसार आगामी ६ गतेसम्म पोखरा १ पुरानो टुंडिखेलमा हुने प्रतियोगितामा पहिलो चरणकै खेल जारी रहेको छ ।

 

सोमबार पहिलो खेल लेकसिटी र अर्चलबोटबीच हुनेछ । यस्तै दोस्रो खेल कोमागाने र बिवाइवाईसीबीच हुनेछ ।  

 

तेस्रो खेलमा पसगाउँ र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । चौंथो खेल मिक्की एफसी र सन्तोष मेमोरियल, पाँचौ खेलमा अनिश एफसी र भण्डारढिक, छैटौं खेल युनाइटेड बगर र ट्रिपल ए बीच हुनेछ ।

 

सातौ खेलमा नदीपुर र एम ३२ मजुवाबीच प्रतिस्पर्धा हुनेछ । 

 

यस्तै आठौं खेल रामघाट र सनराइज, नवौं खेलमा क्याफे क्यामेलिया र छोरेपाटन, दशौं खेलमा वल्ड हाउस र केआइइसी, एघारौं खेलमा आम्र्या कन्सट्रक्सन र मिलनटोल र अन्तिम खेलमा कसेरी १ र आर १० रामबजारबीच प्रतिस्पर्धा हुने थापलियाले जानकारी दिए ।

 

उनका अनुसार सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए ।

 

उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् ।

 

यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।

 

आज पनि पहिलो चरणकै १२ वटा खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 


 

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्