बाँकेमा उद्धार गरियो रातो ‘कोरल रेड कुक्री’ प्रजातिको सर्प

बाँके | भदौ १, २०८१

बाँकेमा उद्धार गरियो रातो ‘कोरल रेड कुक्री’ प्रजातिको सर्प

बाँके:      बाँकेमा नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको टोलीले राप्तीसोनारी गाउँपालिका–८ पेरानीस्थित एक विद्यालयको कक्षाकोठाबाट ‘कोरल रेड कुक्री’ प्रजातिको सर्पलाई उद्धार गरेको हो ।

    
निकुञ्जका रेन्जर यामबहादुर रावतकानुसार यस प्रजातिको सर्प भारत र नेपालका केही स्थानमा मात्र पाइने गरेको छ । दुर्लभ नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । 


“नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको सर्प पाइएको छ । बाँकेमा दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र रातो सर्प पाइएको थियो”, उहाँले भन्नुभयो । 

    
झट्ट हेर्दा यस सर्पको टाउको र घाँटी छुट्टिएको स्पष्ट देखिँदैन । यो अन्य सर्पभन्दा कमै मात्रामा पाइने मन्द विषालु सर्पको प्रजातिमा पर्दछ । उद्धार गरेर ल्याइएका सर्पहरूलाई निकुञ्जको जङ्गल क्षेत्रभित्र लगेर व्यवस्थापन गर्दै आएको रेन्जर राउतले बताउनुभयो ।

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

थप पढ्नुहोस्