हल्लनचोकमा हुने ‘थ्रि मेन ए साइड’ पुरुष भलिबलको तयारी पूरा
बिहान ८ बजेदेखि खेल सुरु
पाेखरा | साउन ३२, २०८१
पोखराः पोखरा महानगरपालिका ६ हल्लनचोकमा शनिबार (भदौं १) देखि हुने ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताको सम्पूण तयारी पुरा भएको छ ।
हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा हुने सो प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिता भदौ १ देखि ३ गतेसम्म हल्लनचोकको भलिबल कोर्टमा सञ्चालन हुनेछ ।
थापाले प्रतियोगिताको विजेतालाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने बताए । उनका अनुसार उपविजेताले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा प्रदेशभन्दा माथिल्लो स्तरको खेलाडी टिममा १ जना मात्रै समावेश गर्न पाउने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगितामा अहिलेसम्म २५ भन्दा बढी टिमको दर्ता भइसकेको छ । भने, खेल शनिबार बिहान ८ बजेदेखि सरु हुने आयोजकले जनाएको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

