पापाको ह्याट्रिकमा फ्रेन्डसविरुद्ध प्लानिङ ब्वाइजको  सहज जीत

क्वाटरमा उज्वेकिस्तानसँग भिड्ने

पाेखरा | फागुन १, २०८२

पापाको ह्याट्रिकमा फ्रेन्डसविरुद्ध प्लानिङ ब्वाइजको  सहज जीत PHOTO: SUDARSHAN RANJIT

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा प्लानिङ ब्याइज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

पोखरा रंगशालामा आज भएको खेलमा फ्रेन्डस् क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
 

 

प्लानिङ ब्वाइजको जीतमा पापा इबोइकिबेले ह्याट्रिक पूरा गरे । पहिलो हाफको २७ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एलेक्स वीलियनले पहिलो गोल गरे ।

 

फ्रेन्डस्का खेमराज श्रेष्ठले डिबक्समा ह्याण्ड गरेपछि प्लानिङ ब्याइजले पेनाल्टीको मौका पाएको थियो ।

 

यस्तै खेलको ४५ औं मिनेटमा पापा इबोइकिबेले दोस्रो गोल गर्दै अन्तरलाई दोब्बर बनाए । फेरि उनै पापाले खेलको ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गरे । र टोलीलाई ३ गोलको अग्रता दिलाए । 

 

उनले ८१ औं मिनेटमा अर्काे गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रेन्डस् क्लबलाई ४–० को गोल अन्तरले पराजित गर्न योगदान दिए । खेलबाट उनै पापा म्यान अफ द म्याच घोषित भए ।

 

अब प्लानिङ ब्याइज युनाइटेडले आगामी ५ गते आभा एफसी उज्वेकिस्तानको सामना गर्नेछ ।

 

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलका रुपमा भोलि (शनिबार) आयोजक सहारा क्लब र विभागीग नेपाल पुलिस क्लब दिउँसो ३ बजे भिड्नेछन् ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्